ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

झुठो विवरण पेश गरी नागरिकता लिएको आरोपमा उद्योगी पक्राउ 

२०७७ भदौ, २४  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा एक उद्योगी पक्राउ परेका छन् । 

जिल्ला अदालत रौतहटको पक्राउ पूर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा मंगलवार हेटौँडा उपमहानगरपालिका—५ बाट ५९ वर्षीय विप्लप कान्ति (विके बोस) पक्राउ परेका हुन् । हेटौँडा–५ गदोईस्थित उद्योगबाट मकवानपुर प्रहरीले नागरिकता मुद्दामा विके बोसलाई पक्राउ गरेको हो ।

अदालतको पक्राउ पूर्जी र रौतहट प्रहरीको पत्रको आधारमा पक्राउ गरेको र स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानका लागि रौतहट पठाईने मकवानपुर प्रहरीले जानकारी दिएको छ । बोस हेटौँडा औद्योगिक क्षेत्रमा रहेको सुपर लेमिकोट्स प्रालि र हेटौंडा–५ गर्दाेइमा रहेको नारायणी मिल्कका सञ्चालक हुन् । 

उनले २०६३ सालमा नागरिकताको घुम्ती टोलीबाट वंशजको नागरिकता लिएको जिल्ला प्रशासन रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताए । बोसले २०६३ चैत ६ गते तत्कालीन वडहर्वा गाविस वडा नम्बर ५ बाट नागरिकता लिएको खुलेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा उनको नागरिकतामाथि छानविन गर्न गृहमन्त्रालयले २०७६ माघमा पत्रचार गरेको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पश्चात उनको नागरिकतामाथि छानविनको लागि गृह मन्त्रालय हुँदै प्रशासन कार्यालयमा जानकारी आएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्