ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

घरजग्गा व्यवसायी आन्दोलित

२०७७ भदौ, २५  
१० वर्ष अघि
NA

नेपाल जग्गा तथा आवमस विकास संघले बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा व्यवसायीहरूले लिएको ऋणको ब्याज आफूखुसी बढाएको विरुद्धमा आन्दोलन गर्ने निर्णय गरेको छ । आन्दोलन सञ्चालका लागि संघका अध्यक्ष इच्छाराज तामाङको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । संघर्ष समितिका प्रवक्ता इच्छा बहादुर वाग्लेले घरजग्गामा लगानीबारे नेपाल राष्ट्र बैंकले हालै जारी गरेको निर्देशनमाथि पुनर्विचार गर्न तथा यस क्षेत्रमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याज नबढाउन गरेको आग्रहको सुनुवाइ नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको अभियानलाई बताए । ‘घरजग्गा कारोबारलाई व्यवसायका रूपमा हेरी सोही अनुरूपको व्यवहार गरिनुपर्छ हामीलाई ऋण दिँदा जुन ब्याजदर थियो त्यो बढाउन पाइँदैन,’ वाग्लेले भने, ‘यदि ब्याजदर हचुवा तथा आफूखुसी बढाइन्छ भने हामी कुनै पनि हालतमा ब्याज तिर्दैनौं ।’

नेबैलिमा सीईओ र पुनर्पुंजीकरण
नेपाल राष्ट्र बैंकले नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छनोट गर्ने र पुनर्पुंजीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । त्यस क्रममा प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन दिएका बंगलादेशी नागरिकहरूसँग गत साता छलफल गरेको छ । अन्य आवेदकहरूसँग यो साता छलफल गर्ने बताइएको छ ।

आवेदकहरूसँग नेपाल बैंक सुधार गर्नका लागि उनीहरूको योजनाको बारेमा विभिन्न जानकारी लिएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् । विदेशी आवेदकहरूसँग इमेलमार्फत र स्वदशी आवेदकहरूलाई राष्ट्र बैकमै बोलाएर छलफल गरिँदै छ ।

वर्ष ५, अंक ३१, २०६६, चैत २३–२९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्