ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बारीमै कुहिन थाल्यो स्याउ

२०७७ भदौ, २५  
प्रदेश ०५
Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पूर्वका दुर्गम गाउँहरूमा उत्पादन भएको स्याउ बारीमै कुहिन थालेको छ । बजार पाउन नसक्दा किसानको बारीमै स्याउ कुहिन थालेको हो । जिल्लाको उत्तरी पुर्वी रुकुमको गाउँ गाउँमा उत्पादन भएको स्याउ स्याउ बगैंचामै कुहिन थालेको हो । विशेषगरी पुथाउत्तरगंगा गाउँपालिका अन्तर्गत रन्मामैकोट, तकसेरा, कोल, राङसी र सिस्ने गाउँपालिकाका सिस्ने, जाङ र आठबिकोट नगरपालिकाको स्यालाखदीमा उत्पादित स्याउले बजार पाउन सकेको छैन ।

स्याउ बोटमै कुहिन थालेपछि व्यावसायिक खेती गरेका किसान चिन्तामा परेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण एक ठाउँबाट अर्को स्थानमा आवजजावत बन्द भएपछि स्याउको बजारीकरणमा समस्या भएको हो ।

यस्तै स्याउ उत्पादन क्षेत्रसम्म मोटरबाटो नभएको र भएको ठाउँमा पनि वर्षात्का कारण भत्किएपछि रुकुमको दुर्गम गाउँका स्याउ बोटमै कुहिन थालेको पुथाउत्तरगंगा गाउँपालिका वडा २ का किसान लजिम पुनले बताए । ‘पूर्वी रुकुममा उत्पादन भएको स्याउले बजार नपाउँदा हामी मर्कामा परेका छौं ।’

गतवर्षहरूमा यातायातका साधन नचले पनि घोडा तथा खच्चडमार्फत रुकुमका बजारहरूमा स्याउ ढुवानी गरेर विक्री गर्ने गरिएको थियो । तर यस वर्ष गत चैतदेखि नै कोरोना भाइरसको संक्रमणका कारण गाउँ र बजारको सम्बन्ध विच्छेदझैं भएको स्थानीयले बताएका छन् ।

भौगोलिक विकटताका कारण यातायातको सहज पहुँच नभएको र गाउँमा स्याउ भण्डारण केन्द्रको अभावले स्याउको बजारीकरणमा समस्या भएको छ । स्याउ विक्री नहुँदा लगानी समेत डुबेको पुथाउत्तरगंगा–११ की कल्पना बुढाले बताइन् । बोटमै स्याउ कुहिन थालेपछि गाईभैंसीलाई खुवाउनुका साथै मदिराको बनाउन थालिएको उनको भनाइ छ ।
गतवर्षको तुलनामा यस वर्ष स्याउको उत्पादनमा केही वृद्धि हुने अनुमान किसानले गरेका छन् । समयमा पानी परेकाले स्याउ उत्पादन बढेको उनीहरूको भनाइ छ । गाउँमा स्याउ कुहिन थाले पनि रुकुमका बजार भने चिनियाँ स्याउले ओगटेको छ । रुकुम पूर्वको ८३ हेक्टर क्षेत्रफलमा स्याउको व्यावसायिक खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुकुमले बताएको छ ।

प्रतिक्रिया [1]
User Image

Sushil

[Sep 10, 2020 01:21am]

Nepal ma bharat ko apple prabadhan garau ra jati sakado commission khau yehi ho SAMRIDHA DESH SUKHI NEPALI.TARA NEPALI APPLE LE COMMISSION AAHUDAINA KINA PRABADHAN GARNE. commission diye vhaye tapai ko apple le ni bajar pahuxa no worry about lock down.yehi para le nepali bides jane.


प्रतिक्रिया दिनुहोस्