ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निषेधाज्ञा निर्विकल्प होइन, स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय खोलौं : क्यान

२०७७ भदौ, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान)ले स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालनको वातावरण मिलाउन सरोकारवाला निकायसँग आग्रह गरेको छ । व्यापार व्यवसाय संकटमा परेर व्यवसायीको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पुग्न थालेको भन्दै क्यानले व्यवसाय सञ्चालनको वातावरण मिलाउन बुधवार विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

निषेधाज्ञा नै कोरोना नियन्त्रणको प्रभावकारी उपाय हुन नसक्ने निष्कर्ष निकाल्दै क्यानले यसको विकल्प खोज्नुपर्नेमा जोड दिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि चैत ११ यता बन्दाबन्दी गरिरहेकोमा यसले अर्थतन्त्रमा गम्भीर धक्का परेको र उद्योगको क्षमता ८० प्रतिशतसम्म घटेको क्यानको निक्र्योल छ । उद्योगहरू आंशिक र पूर्णरूपमा ठप्प हुँदा निषेधाज्ञाको विकल्प खोज्नुपर्ने खाँचो क्यानले औंल्याएको छ । निषेधाज्ञा मात्र महामारी नियन्त्रणको एकमात्र विकल्प नभएकाले अर्थतन्त्रलाई धराशयी हुनबाट जोगाउन उसले आग्रह गरेको छ ।

कोरोना नियन्त्रणका नाममा निरन्तर निषेधाज्ञा जारी गर्दा व्यवसायीको मनोबल लगातार घट्दै गएको क्यानले बताएको छ । ‘बन्दाबन्दीको नाममा व्यापार व्यवसाय गर्न रोक लगाए पनि महामारी नियन्त्रणमा आउन सकेको छैन । बन्दाबन्दी कोभिड–१९ को नियन्त्रणको प्रभावकारी उपाय हो भन्नेमा शंका देखिन थालेको छ,’ महासंघले भनेको छ, ‘यसरी महामारी नियन्त्रण नहुने र व्यवसाय पनि सञ्चालन नगर्ने हो भने देशको अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने पक्का छ ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्