ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पेट्रोलियम पाइपलाइनको एक वर्ष : ८० करोड २६ लाख ढुवानीमा जोगियो

२०७७ भदौ, २५  
समाचार
Image Not Found

भदौ २५, काठमाडौं । नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । 

विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा  ५३ करोड ४१ लाख ३ हजार लिटर डिजेल आयात भएको छ ।

पाइपलाइन सञ्चालनको एक वर्ष पूरा भएका अवसरमा आ एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले प्रदेश नम्बर २ को अमलेखगञ्जमा निरन्तर रुपमा डिजेल आयात भइरहेको बताएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ६९ किलोमिटर लामो उक्त पाइपलाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडामा उल्लेख्य बचत भएको र पेट्रोलियम पर्दाथको गुणस्तर सुनिश्चित भएको छ ।

उनका अनुसार भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर रू. १ र  ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ । वर्षमा करीब रू. ८० करोड २६ लाख ढुवानीमा रकम बचत भएको बताइएको छ ।

चालू आर्थिक वर्ष २०७७/ ०७८ को नीति तथा कार्यक्रमअनुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने योजनाअनुसार काम अगाडि बढाइएको निगमले बताएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्