ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

८ ओटा समूहको परिसूचक सकारात्मक हुँदा ७.६६ अंकले उकालो लाग्यो नेप्से (१२ बजेको अपडेट) 

२०७७ भदौ, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार ८ ओटा समूहको परिसूचक सकारात्मक हुँदा नेप्से परिसूचक ७ दशमलव ६६ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, बीमा, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त समूहको परिसूचक बढेको छ भने वित्त समूहको परिसूचक घटेको छ । 

१ हजार ५१४ दशमलव ३३ विन्दुबाट कारोबार शुरु भएको बजार कारोबारको यस अवधिमा शून्य दशमलव ५१ प्रतिशत बढेर १ हजार ५१५ दशमलव ८६ विन्दुमा पुगेको छ । 

पहिलो घण्टाको अवधिमा १६१ ओटा कम्पनीको १ हजार ८९१ पटकको कारोबारमा १ लाख २४ हजार १७० कित्ता शेयरको रू. ८ करोड ७० लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २ करोड ४४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ९०० मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नागरिक लगानी कोष रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३ हजार ६९८ मा रू. १करोड ३० लाख बराबरको शेयरको खरीदविक्री भएको छ । 

कारोबारको पहिलो घण्टामा रिलायन्स इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा बढी ८ दशमलव ६६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, शेयरमूल्य सबैभन्दा बढी घट्ने कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट रहेको छ । उक्त कम्पनीको शेयरमूल्य ९ दशमलव ३२ प्रतिशत घटेर प्रतिकित्ता रू. ३२१ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्