ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बढ्न थाल्यो सुनको मूल्य

२०७७ भदौ, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । लगातार ओरालो लागेको सुनको मूल्य बुधवारबाट बढ्न थालेकोे हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला रू. ४०० ले बढेको हो । 

बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९६ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला  रू.९६ हजार ३०० मा कारोबार भइरहेको छ ।

बुधवार भने सुनको मूल्य तोलामा रू.६०० ले बढेको थियो। बुधवार भने छापावाला सुनको मूल्य प्रतितोला रू.९६ हजार ४०० र तेजाबी सुुनको मूल्य प्रतितोला रू.९५ हजार ९०० मा कारोबार भएको थियो ।

बिहीवार चाँदीको मूल्य भने रू. १० बढेर तोलाको रू. १ हजार ३२५ मा कारोबार भइरहेको छ । 

 

 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्