ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मर्जर प्रक्रियामा रहेको स्वदेशी लघुवित्तले लाभांश नबाड्ने

२०७७ भदौ, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । एनआईसि एशिया लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियामा रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश नबाड्ने भएको छ ।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाड्ने निर्णय गरेको हो । 

कम्पनीले गत आवको नाफा नोक्सान तथा वासलात, आम्दानी लगायतका वित्तीय विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सञ्चालक समितिबाट स्वीकृत गरी नियामक निकाय नेपाल राष्ट्र बैंकमा वार्षिक साधारण सभा गर्न स्वीकृतिको लागि पठाएको  जानकारी दिएको छ । 

हाल एनआईसि एशिया लघुवित्तसँग मर्जर प्रक्रियामा रहेकाले उक्त कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्