ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ट्रम्प प्रशासनले रद्द गर्‍यो एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा 

२०७७ भदौ, २५  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २५, वासिङ्टन ।अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले बताएको छ ।     
     
ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो ।     
     
विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेश बमोजिम सेप्टेम्बर ८, २०२० सम्ममा १ हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिए । यद्यपी संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका कूल चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो संख्या निकै कम हो ।     
     
चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरुको अमेरिका प्रवेशमा कडाई गर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गरेका थिए । रासस/ एएनआई
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्