ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धितोपत्र बोर्डले संशोधन गर्‍यो सामुहिक लगानी कोषको नियमावली 

२०७७ भदौ, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयले स्वीकृती गरेको सामुहिक लगानी कोष(चौथो संशोधन)  भदौ २४ गतेदेखि लागू गरेको छ । 

बोर्डले संशोधन मार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुनः खरीद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाका आधारमा लेखांकन गर्नुपर्ने व्यवस्था गरेको हो । यस अघि उक्त आयको लेखाकंन योजना व्यवस्थापकले गर्ने गरेका थिए । यो व्यवस्थाले इकाईधनी (लगानीकर्ता) को कोष मजबुत भइ बढी प्रतिफल पाउन सहयोग पुग्ने बोर्डले बताएको छ । 

त्यस्तै उक्त नियमावलीको नियम ४० को उपनियम ४ मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ति गर्दा बोर्डलाई जानकारी दिइ नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । 

यस अघि बोर्डबाट स्वीकृती लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो । उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामुहिक लगानी योजनाको आयमा वृद्धि भई लगानीकर्ताको हितमा हुने बोर्डले अपेक्षा लिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्