ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सप्तरी र सिरहा जिल्ला जोड्ने बलान खोलामा झोलुङ्गे पुल बन्दै

२०७७ भदौ, २५  
प्रदेश ०२
Image Not Found
फाइल फोटो

भदौ २५, सप्तरी । सप्तरी र सिरहा जिल्लाका गाउँ जोड्ने बलान खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । 

सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दूधैला घाट र सिरहाको भगवानपुर गाउँपालिकाको सिनुरियाघाट जोड्ने गरी सीमामा रहेको बलान खोलामा झोलुङ्गे पुल बन्न लागेको हो । 

नेपाल सरकार र स्वीस बैंकको साझेदारीमा बन्न लागेको पुलको लम्बाइ २७२ मिटर रहने बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिए । गोइतका अनुसार पुलको लागत करीब रू.  तीन करोड हुनेछ ।

वर्षाका बेला बलान खोलामा आउने बाढीले सप्तरी र सिरहाको सीमाक्षेत्रका बासिन्दा प्रभावित हुने गरेको र आवतजावत ठप्प हुने गरेको थियो । झोलुङ्गे पुल बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् ।

कोभिड–१९ को संक्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञाका कारण धेरै आयोजनाका काम ठप्प भए पनि निर्माणस्थललाई पूर्ण रूपमा बन्द गरेर बिहीवारदेखि पुलको काम शुरु गरिने भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवले बताए । कामदारको सुरक्षासहित निर्माणको कामलाई अगाडि बढाइने जानकारी दिइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्