ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनरल इन्स्योरेन्स कम्पनी नेपालले पायो आईपीओ निष्कासन गर्न अनुमति 

२०७७ भदौ, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौ । नेपाल धितोपत्र बोर्डले जनरल इन्स्योरेन्स कम्पनी नेपाललाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । 

कम्पनीलाई ३० लाख कित्ता आईपीओ विक्री गर्न भदौ २४ गते बोर्डले अनुमति दिएको हो । नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले बीमा समितिले तोके बमोजिम चुक्तापूँजी कायम गर्न आईपीओ निष्कासन गर्न लागेको हो । 

आईपीओ निष्कासनका लागि कम्पनीले गत असार ५ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । हाल संस्थापकतर्फको रू. ७० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ निष्कासन पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ । 

आईपीओ निष्कासन पश्चात यस कम्पनीमा सर्वसाधारणतर्फको ३० प्रतिशत र संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आईपीओ विक्री प्रवन्धकको जिम्मेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पूरा गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्