ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा एकैदिन थपिए ९६ हजार संक्रमित, १ हजार १७२ जनाको मृत्यु

२०७७ भदौ, २५  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २५, नयाँदिल्ली । भारतमा एकै दिनमा झण्डै ९६ हजार संक्रमित थपिएका छन् । एकैदिन यति धेरै संक्रमित थपिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बिहीवार जानकारी दिएका छन् । 

पछिल्लो विवरण अनुसार गत २४ घण्टामा भारतमा कुल ९५ हजार ७३५ जना संक्रमित भेटिएका हुन् । योसँगै भारतमा हालसम्म कुल संक्रमितहरुको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कुल संक्रमितहरु मध्ये नौ लाख १९ हजार १८ जना अझैपनि संक्रमित अवस्थामै रहेका छन् । बाँकी ३४ लाख ७१ हजार ७८४ जना भने संक्रमणमुक्त भइसकेका छन् । 

भारतमा हालसम्म ७५ हजार ६२ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । ती मध्ये एक हजार १७२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । 

कोरोना संक्रमणबाट भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा २३ हजार ८१६ जना संक्रमित भेटिएका छन् । 

महाराष्ट्र प्रदेशमा कुल नौ लाख ६७ हजार ३४९ जना संक्रमित भएका छन् भने ती मध्ये दुई लाख ५२ हजार ७३४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । हालसम्म महाराष्ट्रमा २७ हजार ७८७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य विभागले जानकारी दिएको छ  । रासस /एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्