ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

९.३७ अंकले बढेको बजारमा ३ ओटा कम्पनीको शेयरमूल्यमा ९% भन्दा बढी वृद्धि (३ बजेको अपडेट)

२०७७ भदौ, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा देखिएको समस्याका कारण रोकिएको कारोबार पुनः सुचारु भएको छ । 

बिहान १२ बजेर १९ मिनेटदेखि रोकिएको कारोबार २ बजेर १५ मिनेटदेखि पुनः सुचारु भएको हो । तीन बजेको अवधिमा नेप्से ९ दशमलव ३७ अंकले बढेको छ । 

कारोबार शुरु भएदेखि नै उकालो लागेको बजार कारोबारको यस अवधिमा शून्य दशमलव ६२ प्रतिशत बढेर १ हजार ५१७ दशमलव ५७ विन्दुमा पुगेको छ । 

यस अवधिमा १७२ ओटा कम्पनीको रू. ५९ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७ करोड बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ९०० मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नागरिक लगानी कोष रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३ हजार ६२४ मा रू. ४ करोड २१ लाख बराबरको शेयरको खरीदविक्री भएको छ । 

कारोबारको चौथो घण्टामा तीन ओटा कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको शेयरमूल्य ९ दशमलव ८९ प्रतिशत बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । 

यस अवधिसम्म १२ समूहको परिसूचक कारोबारमा आएको छ । जसमध्ये बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा, बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने जलविद्युत समूहको परिसूचक घटेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्