ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट ३१७ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

२०७७ भदौ, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । नेपालमा बिहीवार थप १ हजार २४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप ५ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

नेपालमा हाल १४ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेशनमा ८ हजार ११० जना रहेका छन् ।बिहीवार थप १ हजार ८१८ जना डिस्चार्ज भएका छन् ।

हाल क्वारेन्टाइनमा ५ हजार ८०६ जना रहेका छन् ।कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । कुल पीसीआर परीक्षण संख्या ८ लाख १० हजार ४८५ पुगेको छ । त्यसैगरी विगत २४ घण्टामा ११ हजार १४४ ओटा पीसीआर परीक्षण गरिएको छ । यसैगरी हाल होम आईसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् ।

मन्त्रालयले विगत २४ घण्टामा काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४९५ जना संक्रमित थपिएका छन् भने ललितपुर  जिल्लामा ४३ जना र भक्तपुर  जिल्लामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्