ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राष्ट्रिय बीमा कम्पनीसहित तीन ओटा कम्पनीको शेयर मूल्य ९ % भन्दा बढीले वृद्धि

२०७७ भदौ, २५  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन बिहीवार राष्ट्रिय बीमा कम्पनीसहित तीन ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य ९ दशमलव ९९, एनआरएन इन्फ्रास्टक्चरको ९ दशमलव ८९, रिलायन्स लाइफ इन्स्योरेन्सको ९ दशमलव ८९  र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको शेयर मूल्य ९  दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएको हो । 

यी चार ओटै कम्पनीको शेयरमा मार्केट डेप्थमा खरीदकर्ता अत्याधिक रहेका थिए भने विक्रेता चाहीं एउटा पनि छैनन् । एनआरएन इन्फ्रास्टक्चरको शेयर मूल्य विगत तिन दिनसम्म ९ प्रतिशतभन्दा बढीले घटेको थियो । 

उक्त कम्पनीको प्रतिकित्ता रू. ५३७ पुगेर रू. ३५४ मा आएर पुन : बिहीवारदेखि बढ्न थालेको हो । उक्त कम्पनीको शेयर कम मूल्यमा आएपछि लगानीकर्ताहरु पुनः खरीद गर्न सक्रिय हुँदा मूल्य वृद्धि भएको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भरखरै मात्र आईपीओ निष्कासन गरेको र  बीमा कम्पनीको शेयर मूल्य माथिनै जाने भएकाले उक्त कम्पनीको शेयर खरीदमा लगानीकर्ताको आर्कषण बढी देखिएको छ । 

केहि दिनदेखि बजारमा देखिएको उतारचढावलाई हेर्दा बजार बढी रहँदा लागनीकर्ताहरुले जहाँ जोखिम बढी हुन्छ त्यहाँ प्रतिफल पनि बढी हुन्छ भन्ने भनाइलाई आत्मसाथ गरेको देखिन्छ ।

सोही कारण राष्ट्रियबीमा कम्पनीको शेयरतर्फ कारोबारीहरु आर्कषक भएको देखिन्छ । उक्त कम्पनीको शेयर मूल्य दुई दिन देखि ९ प्रतिशतभन्दा बढीले वृद्धि भइरहेको छ । बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी शेयर मूल्य भएको कम्पनी राष्ट्रिय बीमा कम्पनी हो । उक्त कम्पनीको शेयर बिहीवार प्रतिकित्ता रू. ११ हजार ९५४ पुगेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्