ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थप उडान कटौती गर्दै आईएजी 

२०७७ भदौ, २५  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २५, लन्डन (बेलायत) । एङ्गलो–स्पेनी विमान सेवा प्रदायक समूह इन्टरनेशनल एयरलाइन्स ग्रुप (आईएजी)ले थप उडान कटौती गर्ने भएको छ । हवाई यात्राको माग निरन्तर घटेसँगै समूहले आगामी तीन महीनाको उडान संख्या थप घटाउन थालेको हो । 

क्वारेन्टाइन प्रतिबन्धका कारण गत वर्षको तुलनामा यस वर्षको शरद ऋतुमा उडान ६० प्रतिशत कम हुने समेत बताएको छ । हवाई यात्राको पुनर्बहालीमा ढिलाई हुने र अवस्था सन् २०१९ कै स्तरमा सन् २०२३ सम्म नफर्किने आईएजीको भनाइ छ । 

वित्तीय अवस्था सुधार्न समूहले शेयरधनीहरुबाट २ अर्ब ७० करोड यूरो उठाउन लागेको छ । यो रकम कर्जा कटौती र यात्राको मागमा लामो समयसम्म आउने कमीको सामना गर्न प्रयोग गरिने बताइएको छ । 

कोरोना भाइरसको महामारीको चपेटामा सबैभन्दा धेरै विमान कम्पनीहरु परेका छन् । संकटका कारण आईएजीको सहायक कम्पनी ब्रिटिश एयरवेजले पनि १३ हजारसम्म कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो ।

इजी जेट र भर्जिन एट्लान्टिकले पनि ४ हजार ५०० कर्मचारीलाई कामबाट निकाल्दै छन् । यस वर्ष विश्वभर विमान सेवा प्रदायक कम्पनीहरुको आम्दानी गत वर्षको तुलनामा ५० प्रतिशत भन्दा धेरैले घट्ने अनुमान विश्वका १२० देशका २९० विमान सेवा प्रदायक कम्पनीहरुको छाता संगठन आएटाले गरेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्