ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विश्वभर कोभिड–१९ विरोधी खोपको डोज पुर्‍याउन ८ हजार जम्बो जेट चाहिन्छ: आयटा

२०७७ भदौ, २५  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २५, क्युबेक (क्यानडा) । विश्वभर कोरोना भाइरस विरोधी खोप पुर्‍याउनु अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती हुने बताइएको छ । यसका लागि ८ हजार थान बराबर बोइङ ७४७ विमान चाहिने अन्तरराष्ट्रिय हवाई परिवहन संघ (आएटा)ले बताएको छ । 

अहिलेसम्म कोभिड–१९ विरोधी खोप बनेको छैन । तर आएटाले भने विमान सेवा प्रदायक, विमानस्थल, बहुराष्ट्रिय स्वास्थ्य निकाय र औषधि कम्पनीहरुसँग काम गरिरहेको छ । 

‘सुरक्षित तवरले कोभिड–१९ विरोधी खोप वितरण गर्ने मिशन विश्वको हवाई कार्गो उद्योगका लागि शताब्दीकै ठूलो चुनौती हुनेछ । यो सवाधानी पूर्व पहिला नै योजना नबनाइकन सम्भव हुँदैन । अनि यसको लागि यो नै उपयुक्त समय हो,’ आएटाका कार्यकारी अधिकृत अलेक्जान्ड्रे डि जुनियाकले भने । 

हवाई यात्रीको संख्यामा उच्च कमी आएसँगै विमानसेवा प्रदायक कम्पनीहरुले कार्गो डेलिभरीपट्टि ध्यान लगाइरहेका छन् । तर खोपको ढुवानी कार्गोको भन्दा निकै जटिल हुन्छ । अनि सबै विमानहरु यसको लागि उपयुक्त पनि हुँदैनन् । 

औषधिको ढुवानी गर्न २ देखि ८ डिग्री सेल्सियसबीचको तापक्रम हुनु पर्छ । केही खोपहरु त चिसोमा जमाएर राख्नु पर्ने हुन्छ । आफूहरुलाई यस प्रक्रियाबारे थाहा भएपनि सो स्तरमा बढाउन जरुरी रहेको आएटाका कार्गो प्रमुख ग्लेन ह्यूजले बताए । अहिले विश्वभर १४० खोप शुरुआती चरणमा रहेका छन् । 

करीब २ दर्जन खोपको भने मानवमा क्लिनिकल परीक्षण भइरहेको छ । रुसले कोभिड–१९ विरोधी खोप बनाएको भएपनि त्यसको सुरक्षाबारे चौतर्फी रुपमा चिन्ता व्यक्त गरिएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्