ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बेरोजगार जनशक्तिलाई अवसर खोज्न अब ‘रोलिङ नेक्सस डटकम’

२०७७ भदौ, २५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । बेरोजगार जनशक्तिका लागि अवसरको संभावना खोजी गर्ने उद्देश्यका रोलिङ प्लान्स प्रालिले ‘रोलिङ नेक्सस डटकम’ को औपचारिक शुरुवात गरेको छ । कम्पनीले १६औं वार्षिक उत्सवका अवसरमा विहीवार भर्चुअल माध्यमबाट प्रेस कन्फ्रेन्स गर्दै यो सार्वजनिक गरेको हो । 

नयाँ सम्भावनाहरूको सञ्जाल विस्तार गर्न कम्पनीले नयाँ उद्देश्य र योजनासहितको डिजिटल प्लेटर्फम ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष अनुप जंगमले बताए । 

उक्त कम्पनीले थुप्रै बेरोजगार जनशक्तिका लागि अवसरको संभावना खोजी गर्ने उद्देश्य रहेको बताएको छ । कम्पनीले वेबसाइटलाई एउटा ‘नयाँ सम्भावनाहरूको सञ्जाल’का रुपमा पनि परिभाषित गरेको छ ।

कम्पनीको भर्चुअल प्रेस कन्फ्रेन्समार्फत डिजिटल युगको नयाँ शुरुवात भन्दै श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, पूर्व श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस सांसद गगन थापा, नायक राजेश हमाल, पूर्व मिस नेपाल श्रृंखला खतिवडाले शुभकामना सन्देश दिएका थिए । 

कम्पनीले रोजगारी सृजना तथा प्रवर्द्धन, दक्षता अभिवृद्धि, व्यवसाय वृद्धि, गिग इकोनमी र सेयर्ड इकोनमी तथा सञ्जालमार्फत नै नयाँ अवसर र सम्भावनाको खोजीका सम्बन्धी काम गर्ने उद्देश्य रहेको बताएको छ ।

सो अवसरमा कम्पनीका निर्देशक निसा केसीले कोभिड–१९ का कारण यतिबेला अर्थतन्त्र आफैंमा अप्ठ्यारोमा छ भने, थुप्रै मानिसहरूले रोजगारी गुमाएका छन्, यस्तो अवस्थामा रोलिङ नेक्ससले नयाँ अवसर र सम्भावनाको खोजी गर्ने बताइन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्