ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टिकटकको विक्री टार्न अमेरिकासँग वार्ता गर्दै बाइटडान्स 

२०७७ भदौ, २५  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २५, पेचिङ (चीन) । चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सले शर्ट भिडियो शेयरिङ एप टिकटकको अमेरिकी व्यवसाय बेच्ने अवस्था टार्न अमेरिकी अधिकारीहरुसँग वार्ता गरिरहेको छ । वालस्ट्रिट जर्नलले बुधवार यस्तो समाचार छापेको हो । 

अमेरिका र चीनबीचको कूटनीतिक मतभेदको निशानामा टिकटक परेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ९० दिनभित्र टिकटकको अमेरिकी व्यवसाय डाइभेष्ट गर्न वा प्रतिबन्धको सामना गर्न बाइटडान्सलाई समय दिएका छन् । 

अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्ट, माइक्रो ब्लगिङ वेबसाइट ट्विटर, बहुराष्ट्रिय कम्प्युटर प्रविधि कम्पनी ओर्‍याकल आदि टिकटक किन्न खोजिरहेका छन् । टिकटकले भने ट्रम्प सरकारको सो अध्यादेशविरुद्ध मुद्दा दायर गरेको छ । 

ट्रम्पको सो आदेशले अन्तरराष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनको दुरुपयोग गरेको बताइएको छ । चीनले संघीय कर्मचारीको स्थिति ट्र्याक गर्न र संस्थागत जासुसीको लागि टिकटकको प्रयोग गर्न सक्ने दाबी ट्रम्पले गरेका छन् । तर टिकटकले भने सो आरोपको खण्डन गर्दै आएको छ । महीनौं देखि बाइटडान्स र अमेरिकाबीच छलफल भइरहेको छ । 

तर ट्रम्पले दिएको म्याद सकिदै गइरहेकोले वार्ताको सफलता अत्यावश्यक बन्दै गएको छ । चीनले केही समय अघि संसोधन गरेको प्रविधि निर्यात कानूनले पनि टिकटक यूएसको विक्रीमा अवरोध उत्पन्न गराउने विश्लेषण गरिएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्