ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एमाजनले बेलायतमा करबापत तिर्‍यो २९ करोड पाउन्ड स्टर्लिङ 

२०७७ भदौ, २५  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २५, लन्डन (बेलायत) । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनले बेलायतमा गत वर्ष २९ करोड ३० लाख पाउन्ड कर तिरेको छ । 

सो अवधिमा कम्पनीको विक्री २६ प्रतिशतले बढेर १३ अर्ब ७३ करोड पाउन्ड स्टर्लिङमा पुगेको छ । कर भुक्तानी गरेको यस रकममा व्यवसाय कर, कर्पोरेट कर लगायत विविध कर समावेश गरिएको छ । कम्पनीले बेलायत सरकारलाई तिर्नु पर्ने सबै कर तिरेको एमाजनले बताएको छ । 

त्यहाँ रोजगारी सृजना र पूर्वाधारमा ठूलो रकम लगानी गरिरहेको र सन् २०१० यता यस्तो रकम २३ अर्ब पाउन्डभन्दा माथि पुगेको एक विज्ञप्तिमा कम्पनीले बताएको छ । 

कम्पनीले व्यवसाय सञ्चालन गरेका सबै देशमा सबै कर तिर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । अप्रिलमा बेलायतले डिजिटल विक्रीमा २ प्रतिशतको कर लगाएको थियो । 

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण अनलाइन विक्री बढेसँगै यस वर्ष कम्पनीले बेलायतमा व्यवसाय विस्तार गरिरहेको छ । 

बढ्दो माग पूरा गर्न एमाजनले बेलायतमा थप १ हजार रोजगारी सृजना गर्दैछ । योसँगै त्यहाँको कुल कार्यबलको संख्या ४० हजारमा पुग्ने भएको छ । चाडपर्वको मौसमका लागि भनेर कम्पनीले २० हजार मौसमी रोजगारी समेत सृजना गर्दैछ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्