ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : एलजीले तयार पारेकोे फिल्टर भएको फेस मास्क लगाएका एक व्यक्ति

२०७७ भदौ, २५  
Slider
Image Not Found

दक्षिण कोरियाली विद्युतीय सामग्री निर्माता कम्पनी एलजी इलेक्ट्रोनिक्सले तयार पारेको प्युरीकेयर वेयरेबल एयर प्युरीफायर लगाएका एक व्यक्तिको सन् २०२० को सेप्टेम्बर १० मा खिचिएको फाइल तस्वीर । 

मास्क लगाउँदा सास फेर्न गाह्रो हुने, चस्मामा बाफ जम्नेलगायत समस्या कम गर्न एलजीले ब्याट्रीबाट चल्ने फिल्टर भएको फेस मास्क तयार पारेको छ । 

प्युरीकेयर वेयरेबल नामक यस मास्कमा २ ओटा फ्यान र एयर फिल्टर छ । यसले सास फेर्दा र फाल्दा मुख भित्र आउने जाने हावा स्वच्छ बनाउँछ । 

कोरोना भाइरसको संक्रमण रोक्न अधिकारीहरुले सार्वजनिक रुपमा मास्कको प्रयोगमाथि जोड दिइरहेकै बेलामा कम्पनीहरुले सुरक्षालाई ध्यानमा राखेर विविध खालका मास्क बनाइरहेका छन् । 

एलजीले तयार पारेको मास्क चौथो त्रैमासमा केही बजारमा उपलब्ध हुने बताइएको छ । यसको मूल्य भने तय भइसकेको छैन । तस्वीरः रोयटर्स 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्