ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राष्ट्रिय प्रसारण लाइनमा जोडियो १२ मेगावाट विद्युत्

२०७७ भदौ, २५  
गण्डकी प्रदेश
Image Not Found

भदौ २५, कास्की । कास्कीको मादी गाउँपालिकामा १२ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । मादीको वडा नं २ साविक नार्माजुङ गाविसमा हिमालयन हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ‘नामार्जुङ जलविद्युत् आयोजना’ निर्माण सम्पन्न भएर आयोजनाले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो । 

मादी नदीको पानी एक हजार २५० मिटर लामो ‘ओपन क्यानल’मार्फत ६४ मिटर उचाइबाट आयोजनाको विद्युत् गृहमा खसालेर विद्युत उत्पादन गरिएको हो ।

उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत चार किमी तलको अपरमादी जलविद्युत आयोजनाको १३२ केभीमा जडान गरी त्यसमार्फत १२ किमी टाढाको नेपाल विद्युत् प्राधिकरणको लेखनाथ स्थित सवस्टेशनमा जडान गरिएको आयोजनाका बोर्ड अफ डाइरेक्डर शिवकृष्ण श्रेष्ठले जानकारी दिए । आयोजना गत चैत पहिलो सातामा नै निर्माण सम्पन्न भएको थियो ।

‘आयोजना सम्पन्न भएर तीन दिनअघि राष्ट्रिय प्रशारणमा जडान गरेका छौँ, अबको १५ दिन परीक्षणकाल रहनेछ’, उनले भने । चिनियाँ थ्री गर्जेज कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनमार्फत आयोजनाबाट उत्पादित विद्युत् लेखनाथ पठाउनुपर्ने भएकाले चिनियाँ प्राविधिक आउन ढिलाइ भएको बताइएको छ ।

निर्देशक श्रेष्ठले आयोजना जडानमा पाँच महीना ढिलाई हुँदा कम्पनीलाई रू. १५ करोड हाराहारीमा घाटा भएको बताए । ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न वित्तीय संस्थाको रू. एक अर्ब ४७ करोड तथा लगानीकर्ता, शेयर निष्कासन तथा स्थानीयवासीको रू. ९० करोड गरी रू. २ अर्ब २७ करोडमा आयोजना निर्माण गरिएको आयोजनाका लगानीकर्ता रुद्र कुइकेलले बताए । 

आयोजनामा ६९९ जनाले रू. ६७ करोड ५० लाख लगानी गरेका छन् । त्यसैगरी सर्वसाधारण शेयर रू. १३ करोड ५० लाख तथा आयोजना प्रभावित मादी गाउँपालिकाका जनताका लागि रू. नौ करोड शेयर निष्कासन गरिने आयोजनाले जानकारी दिएको छ । 

आयोजना निर्माणका लागि विसं २०६७ मै लाइसेन्स प्राप्त गरेपनि त्यसपछि विसं २०६९ मा मादीको सिल्दजुरेमा गएको ठूलो पहिरोका कारणले मादी नदी थुनिदा आयोजनाको पुनर्सर्वेक्षण गर्नुपरेकाले काम शुरु गर्न ढिलाई भएको बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्