ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२५ अर्बका लागि २ बैंकमात्र योग्य

२०७७ भदौ, २६  
१० वर्ष अघि
NA

नेपाल राष्ट्र बैंकले महत्वाकांक्षासहित घोषणा गरेको २५ अर्ब पुनर्कर्जा केवल दुईवटा ‘क’ वर्गका बैंकहरू नबिल र एसबीआई बैंकले मात्र पाउने भएका छन् । चुक्ता पुँजीलाई यस्तो सुविधा पाउने सर्त बनाइएन भने नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर थपिएर ४ वटा बैंक योग्य हुनेछन् ।

सञ्चालनमा रहेका २६ मध्ये २२ वटा वाणिज्य बैंक त्यो कर्जा पाउनबाट वञ्चित हुने भएका छन् । राष्ट्र बैंकले खराब कर्जाको अनुपात पाँच प्रतिशतभन्दा कम रहेका, राष्ट्र बैंकको कारबाहीमा नपरेका र कर्जा निक्षेप अनुपात कम भएका वाणिज्य बैंकहरूले मात्र यस्तो पुनर्कर्जा पाउने घोषणा गरेको छ । ती सर्तहरू पूरा गर्नेमा उल्लिखित चारवटा बैंकमात्र देखिएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०६६/६७ को दोस्रो त्रैमासिक विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, बंगलादेश बैंक र लुम्बिनी बैंकको खराब कर्जा अनुपात पाँच प्रतिशतभन्दा धेरै छ । त्यसैले ती बैंकहरू पुनर्कर्जा पाउनबाट स्वतः वञ्चित हुने भएका छन् ।

त्यस्तै, राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात कम भएका बैंकहरूले पनि त्यस्तो सुविधा पाउने स्पष्ट पारेको छ । गभर्नर कार्यालयका कार्यकारी निर्देशक गोपाल काफ्लेका अनुसार कर्जा निक्षेप अनुपात कम भएको भन्नुको अर्थ ७५ देखि ८० प्रतिशतभन्दा बढी हुनु हुँदैन भन्नु हो । तर यसको अंक तय हुन बाँकी छ । कर्जा निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम हुनेमा केवल नबिल स्ट्यान्डर्ड चार्टर, एसबीआई र नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंकमात्र रहेका छन् ।

वर्ष ५, अंक ३१, २०६६, चैत २३–२९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्