ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रस्तावित राजदूतत्रयकोनाम अनुमोदित

२०७७ भदौ, २६  
समाचार
NA

काठमाडौं । संघीय संसद्, संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतत्रयको नाम अनुमोदन गरेको छ । समितिको बिहीवारको बैठकले उनीहरूको योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका लागि योग्य ठह¥याई सर्वसम्मतिले नाम अनुमोदन  गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवत्रय गेहेन्द्र राजभण्डारी (बेल्जियम र यूरोपेली संघ), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्का (जर्मनी)लाई राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

यसअघि समितिले उक्त पदमा उनीहरूलाई  नियुक्त गर्न उपयुक्त  छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र सूचना वा उजूरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरेकामा एकबाहेक अन्य उम्मेदवारप्रति लक्ष्य गरी उजूरी नआएको सभापति कर्णले जानकारी दिए ।

‘समावेशी भएन भनी सैद्धान्तिक प्रश्न उठाइएका चारओटा उजूरी  ईमेलमार्फत प्राप्त भएको थियो । प्रस्तावित राजदूत राजभण्डारीको नाममा भने बेरुजुसँग जोडिएको एउटा उजुरी परेको थियो,’ उनले भने । बैठकमा यसअघि आआफ्ना अवधारणा प्रस्तुत गर्दै प्रस्तावित राजदूतत्रयले पदमा रहँदा कानूनको उल्लंघन र अवहेलना हुने कुनै नगरिने प्रतिबद्धता व्यक्त गर्दै जिम्मेवारीप्रति दत्तचित्त भई सेवा दिने मामिलामा दृढ रूपमा लागिपर्ने अठोट व्यक्त गरेका छन् ।

राजदूतका रूपमा काम गर्दा सुधार गर्ने प्रशस्तै सम्भावना रहेको भन्दै उनीहरूले आफू खटिएको मुलुकबाट लगानी तथा सहयोग ल्याउन आर्थिक कूटनीतिमा जोड दिएर काम गरिने प्रतिबद्धता व्यक्त गरो थिए । प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबाट नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्