ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

इटहरी नगर अस्पताललाई एम्बुलेन्स प्रदान

२०७७ भदौ, २६  
प्रदेश ०१
NA

सुनसरी (अस) । कोरोनाको संक्रमण फैलिदै गएपछि कोरोनाका बिरामीलाई अस्पतालसम्म पुर्‍याउन सहज होस् भनेर इटहरी उपमहानगरपालिकाले नगर अस्पताललाई २ ओटा एम्बुलेन्स प्रदान गरेको छ । इटहरी उपमहानगरपालिकाले खरीद गरेको उक्त एम्बुलेन्सको चाबी नगरप्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले इटहरी अस्पताल सञ्चालक समिति अध्यक्ष भुपेन्द्र बराललाई हस्तान्तरण गरेका छन् ।

इटहरीको स्वास्थ्य सेवालाई सहज बनाउँदै कोरोना संक्रमितलाई स्वास्थ्यकेन्द्रसम्म पु¥याउन कुनै पनि अन्य सवारीसाधनले नमान्ने अवस्थामा नगरको एम्बुलेन्सबाट सेवा प्रदान गर्न सकिने इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्