ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हिमालय एयरलाइन्सले प्राप्त गर्‍यो ‘आईएसओ ९००१–२०१५’

२०७७ भदौ, २६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्यूएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ प्राप्त गरेको छ । एयरलाइन्सले कम्पनी अडिटलाई अंगीकार गरेकोे, गुणस्तर व्यवस्थापन प्रणाली विकास, व्यवस्थापन प्रणाली कागजात समीक्षा, पूर्वअडिट, प्रारम्भिक मूल्यांकन र ननकन्फर्मेन्सको निकासीलगायतलाई आधार बनाएर सो मानक प्रदान गरिएको हो ।

यो प्रमाणीकरणले हिमालय एयरलाइन्सकोे सम्पूर्ण अपरेशन क्षेत्रमा उच्चत्तम सम्भावित मापदण्ड कायम गर्दै वायुयान मर्मत तथा इन्जिनीयरिङ सेवा प्रदान गर्न सक्ने दक्षता पुष्टि गरेको कम्पनीको भनाइ छ । आईएसओ ९००१–२०१५ अन्तरराष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्वारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यता प्राप्त गुणस्तरको स्तर हो । जसले एक प्रभावकारी गुणस्तर प्रणालीमार्फत उत्पादन र सेवाहरूले ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सुनिश्चित गर्दछ ।

आईएसओ ९००१–२०१५ मान्यतामा काम गर्ने हिमालय एयरलाइन्सको प्रतिवद्धताले ग्राहक र नियमनकारी निकायको आवश्यकता पूरा गरी आफ्नो उत्पादन र सेवाहरू निरन्तर प्रदान गर्न सक्ने क्षमतालाई प्रदर्शन गरेको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

‘यो वास्तवमै हिमालय टीमका लागि एक उपलब्धी हो । जसले हाम्रा ग्राहकहरूलाई उत्तम सम्भावित गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिवद्धतालाई प्रमाणित गर्दछ’, उनले भने, ‘आईएसओ ९००१–२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तहरूमा आधारित भई निर्मित छ, जसमा ग्राहकहरूलाई केन्द्रित गरी सेवा पु¥याउने, उच्च स्तरको संगठन व्यवस्थापनको संलग्नता, एक प्रक्रिया अवधारणा र एउक्त प्रकृयाको लगातार सुधार समावेश छ ।’

आईएसओ ९००१–२०१५ को प्रयोग गर्दा आफ्ना ग्राहकहरूले निरन्तर, उच्च गुणस्तरको वस्तु र सेवाहरू पाउने उनको भनाइ छ ।

प्रमाणीकरणपश्चात् एयरलाइन्सले गत महीना मलेशियन एयरलाइन्स बरहाड (एमएच) सँग सम्झौता समेत गरिसकेको बताएको छ । मलेशियन एयरलाइन्स एयरफ्रेम र इन्जिनसँग सम्बन्धित लाइन र बेस मेन्टेनेन्स, वर्कशप र स्पेयर सपोर्ट सेवाका लागि प्राविधिक र स्पेयर पार्ट सपोर्ट सेवाको आफ्नो क्षमता र विद्यमान स्रोतहरूका लागि परिचित छ ।

यो सहकार्यको साथ अब हिमालय एयरलाइन्स लाइन स्टेशन स्थापनाका लागि सुसज्जित भएको कम्पनीको दाबी छ । वर्कशप क्षमताको वृद्धिसँगै अन्य एयरलाइन्सबाट आयआर्जन गर्न इन्जिनीयरिङ व्यवसायको सम्भावित क्षेत्रतर्फ कार्य गर्न सकिने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्