ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नयाँ ह्येन्दे औरा नेपालमा सार्वजनिक

२०७७ भदौ, २६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि ह्येन्दे मोर्टसको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ ह्येन्दे औरा नेपालमा सार्वजनिक गरेको छ । नयाँ स्टाइलिस सेडान आप्mनो सेगमेन्टमा सबैभन्दा शक्तीशाली र सुविधायुक्त ट्रेन्ड सेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीले बताएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्माले सेडान गाडीहरू नेपाली बजारमा लोकप्रिय भएको दाबी गरे । वर्तमान समयमा बजारलाई एक स्टाइलिस, विलासी र आरामदायी सेडान प्रदान गर्नु ह्येन्देका लागि अटोमोबाइल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुने उनको भनाइ छ । ‘यस ब्रान्डले ग्राहकबाट उल्लेखनीय प्रशंसा प्राप्त गर्नका लागि सक्षम भएको छ र नयाँ ह्येन्दे औराले पनि यस लिगेसीलाई जारी राख्ने छ’, उनले भने ।

नयाँ गाडीको डिजाइन एक उत्कृष्ट नमूना बनेको भन्दै कम्पनीले आधुनिक र प्रभावशाली डिजाइनका साथै ह्येन्देको उत्कृष्ट डिजाइन भाषा ‘सेन्सियस स्पोर्टनेस’ मा बनेको बताएको छ । नयाँ धेरै विशेषता बोकेको यो कारको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निस र ग्लोसी कालो र्‍यापले यसलाई आफ्नो सेग्मेन्टको सबैभन्दा स्टाइलिस सेडान बनाएको कम्पनीको भनाइ छ ।

ह्येन्दे औरा एस भेरियन्टको १.२ पेट्रोल इन्जिनको १ हजार १९७ सीसीमा मात्र उपलब्ध हुने बताइएको छ । विभिन्न कलर भेरियन्ट रहेको यो कारको मूल्य रू. ३३ लाख ९६ हजजार रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्