ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर असोज २ गतेदेखि लिलामीमा 

२०७७ भदौ, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले असोज २ गतेदेखि १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । 

यस लिलामी शेयरमा आवेदन दिनको लागि ईच्छुक आवेदकले कात्तिक ६ गतेसम्म आवेदन गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ७२५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । 

शेयर खरीदको लागि बोलकबोल गर्दा आवेदकले न्यूनतम १ हजार कित्ताको लागि आवेदन गर्न सक्नेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको छ । आवेदन बुझाउने स्थान एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्