ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको शेयर भदौ २८ गतेदेखि लिलामीमा 

२०७७ भदौ, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर भदौ २८ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । नागरीक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागिएको हो । 

आवेदकले असोज ४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. २ हजार ३०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । 

आवेदन योग्य संस्थाले शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

यस बोलकबोल प्रकृयामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु सहभागि हुन पाउनेछन् । कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्