ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टिकटक माथि प्रतिबन्ध लगाउने समय पर सर्दैन : राष्ट्रपति ट्रम्प        

२०७७ भदौ, २६  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २६, वासिङ्टन  । अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ ।     
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी गरेको बताइएको छ ।     
     
राष्ट्रपति ट्रम्पले सो एप्शमाथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी बिहीवार गराएका छन् ।
     
उनले ती एप्शहरुमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको जानकारी दिएका थिए । ‘अब आगामी सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुँदैन’, राष्ट्रपति ट्रम्पले भनेका छन् ।     
     
प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ । बिहीवार उनी अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी ¥यालीलाई सम्बोधन गर्नका लागि गएका थिए ।     
     
सो ¥यालीमा जानु अगाडि उनले अमेरिकाले ती एप्लिकेशनमा प्रतिबन्ध लगाउने भनी अमेरिकाले गरेको यही सेप्टेम्बर १५ को तारिख पछि नसारिने पनि बताएका छन् ।
     
टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ । यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् ।     
     
अमेरिकी सरकारका सदस्यहरुले पनि प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्शहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छन् । यसअघि चिनियाँ कम्पनीका टिकटकसहितका ५९ ओटा एप्शहरुमाथि भारतले पनि प्रतिबन्ध लगाइसकेको छ ।  रासस/ एएनआई

यो पनि हेर्नुस् :

टिकटकको विक्री टार्न अमेरिकासँग वार्ता गर्दै बाइटडान्स

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्