ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शुक्रवार पुनः ओरालो लाग्यो सुनको भाउ, तोलामा ३०० ले कमी

२०७७ भदौ, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं । स्थानीय बजारमा शुक्रवार पहेलो धातु सुनको मूल्यमा प्रतितोला रू. ३०० ले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रवार अघिल्लो दिनको तुलनामा रू. ३०० ले कमी आई रू. ९६ हजार ५०० मा कारोबार भएको छ । 

बिहीवार छापावाला सुन प्रतितोला रू. ९६ हजार ८०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुनमा समेत प्रतितोला रू. ३०० ले कमी आएको छ । बिहीवार प्रतितोला रू. ९६ हजार ३०० मा कारोबार भएको तेजाबी सुन शुक्रवार रू. ९६ हजारमा कारोबार भएको छ । 

यस्तै चाँदी प्रतितोला रू. १५ रुपैयाँले घटेर रू. एक हजार ३१० मा कारोबार भएको छ । बिहीवार चाँदी प्रतितोला रू. एक हजार ३२५ कारोबार भएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्