ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ५५१ जना कोरोना संक्रमित थपिए 

२०७७ भदौ, २६  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २६, नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

सोही अवधिमा भारतमा कोरोना संक्रमणकै कारण एक हजार २०९ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा हालसम्म कुल ४५ लाखभन्दा बढी संक्रमित भेटिएको विवरण सार्वजनिक गरिएको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४५ लाख ६२ हजार ४१५ जना कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएको छ ।

कुल संक्रमितहरु मध्ये नौ लाख ४३ हजार ४८० जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ३५ लाख ४२ हजार ६६४ जना संक्रमणमुक्त भइसकेका छन् ।  

भारतमा हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु भएकाहरुको संख्या ७६ हजार २७१ पुगेको अधिकारीहरुले शुक्रवार जानकारी दिएका छन् । 

भारतमा कोरोना संक्रमणका कारण सबैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्र प्रदेशमा अहिले पनि दुई लाख ५३ हजार १०० जना संक्रमित अवस्थामै रहेका छन् ।

महाराष्ट्र प्रदेशमा मात्रै हालसम्म कुल छ लाख ८६ हजार ४६२ जना संक्रमित भएका छन् भने अरु २७ हजार ७८७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्