ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सरकारले दियो ४०७ ओटा खानी उत्खनन तथा खोजतलास गर्न अनुमति        

२०७७ भदौ, २६  
समाचार
Image Not Found
नवलपरासीको धौबादीस्थित फलाम खानीबाट निकालिएको कच्चा पदार्थ । फाइल तस्वीर : आर्थिक अभियान

भदौ २६, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/ ७७ मा देशभरका ४०७ ओटा खानीलाई उत्खनन तथा खोजतलासका लागि अनुमति दिएको छ । 

खानी तथा भूगर्भ विभागले आव २०७६/ ७७ मा देशभरका विभिन्न स्थानका ४०७  ओटा खानी उत्खनन तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो । त्यसमध्ये १४९ ओटालाई उत्खनन र २५८ ओटा खानीलाई खोजतलासका लागि अनुमति दिइएको हो ।

उत्खननतर्फ कोइला १०, आइरन दुई, काइनाइट आठ, लिड तीन, चुनढुङ्गा ७२, क्वार्जजाइट १६, म्याग्नेसाइट एक, मार्बल दुई, क्वार्ज चार, रातोमाटो पाँच, टल्क धातु १२, टुर्मालिन आठ, जिंक एक र डोलोमाइट दुई ओटा छन् ।     
     
यस्तै, खोजतलासका लागि चुनढुङ्गा १६२, फलाम दुई, तामा तीन, डोलोमाइट नौ, सुन दुई, ग्रेनाइट दुई, क्वार्जजाईट २७, काँच २७, टुर्मालिन चार, क्वार्ज दुई, टल्क पाँच ओटा कम्पनीलाई अनुमति दिइएको छ । 

विभागका महानिर्देशक रामप्रसाद घिमिरले पछिल्लो समय नेपाली खानीप्रति स्वदेशी तथा विदेशी कम्पनीको उत्खनन तथा खोजतलासका लागि चासो बढ्दै गएको बताए ।     
     
 ‘आव २०७४÷७५ र आव २०७५/ ७६ को तुलनामा आव ०७६÷७७ मा नेपाली खानी उत्खनन तथा खोजतलासका लागि आउने कम्पनीको संख्या बढको छ’, उनी भन्छन् । आव २०७४/ ७५ मा १२६  ओटा र आव २०७५/ ७६ मा १२३ ओटा खानीलाई उत्खननलाई अनुमति दिइएको थियो । 

विभागले आव २०७६/ ७७ मा रू. ८४ करोड ७३ लाख ४८ हजार र अघिल्लो आवमा रू. ७७ करोड ३ लाख राजस्व आम्दानी गरेको थियो । रासस   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्