ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट ३२२ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ५१९१९ 

२०७७ भदौ, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं । नेपालमा शुक्रवार थप १ हजार ४५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप ५ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रवार थप ९७२ जना डिस्चार्ज भएका छन् । हाल होम आईसोलेशनमा ६ हजार ६३४ जना रहेका छन् । नेपालमा संक्रमितको संख्या १४ हजार ९२५ जना रहेका छन् ।

कुल पीसीआर परीक्षण संख्या ८ लाख २१ हजार १८६ पुगेको छ ।हाल क्वारेन्टाइनमा ६ हजार ७८ जना रहेका छन् । त्यसैगरी नेपालमा संक्रमित भएकामध्ये निको हुने दर ७१ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकामा विगत २४ घण्टामा ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६२० जनाजनामा कोरोना संक्रमण देखिएको भने ललितपुर जिल्लामा ३८ जना र भक्तपुर जिल्लामा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्