ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने दुई ओटा उद्योग कारबाहीमा 

२०७७ भदौ, २६  
समाचार
Image Not Found

भदौ २६, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने दुई ओटा उद्योगलाई कारबाही गरेको छ ।  

विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने जगदम्बा स्टील्स प्रालि बारा र मंगला सिमेन्ट उद्योग प्रालि धादिङलाई शुक्रवार कारबाही गरेको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर नापतौल विभागको प्रयोगशालामा परीक्षण गराउँदा ती उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको जानकारी दिए । 

विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसारको कानूनी कारबाही प्रक्रिया अगाडि बढाएको हो । 

जगदम्बा स्टील्सको संकलित नमूनामा कार्बनको मान शून्य दशमलव ३५ प्रतिशत हुनुपर्नेमा शून्य दशमलव ३० प्रतिशत र सल्फरको मान शून्य दशमलव ६० प्रतिशत हुनुपर्नेमा शून्य दशमलव ५५ प्रतिशत पाइएको छ  । 

जगदम्बा स्टील्सले आफ्नो कम्पनीमा उत्पादित १६ एमएमको केही डण्डीमा मात्र कैफियत देखिएको बताउँदै उक्त डण्डीलाई बजारबाट कम्पनीले फिर्ता गरिसकेको जानकारी दिएको छ । 

यस्तै मंगला सिमेन्टको संकलित नमूनाको १४ एमपीए र १९ एमपीए हुनुपर्नेमा सोभन्दा धेरै भएकाले कारबाही गरिएको विभागले जानकारी दिएको छ । विभागले जगदम्बा स्टील्सको विक्रीवितरणमा रोक लगाउनुका साथै मंगला सिमेन्टलाई १५ दिनको स्पष्टीकरण पेश गर्ने समय तोकेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्