ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कर्मचारीमा कोरोनासँग मिल्ने लक्षण देखिएपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा बन्द

२०७७ भदौ, २७  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, रौतहट । राष्ट्रिय वाणिज्य बैंक गरुडा शाखाको कारोबार केहि दिनसम्मका लागि बन्द गरिएको छ ।

बैंकका कर्मचारीमा कोभिड –१९ सँग मिल्ने लक्षण देखिएपछि आईसोलेशनमा बस्नु पर्ने भन्दै उक्त बैंकको शाखा कार्यालयले  वित्तीय कारोबार बन्द हुने बताएको छ । राष्ट्रिय वाणिज्य बैंक गरुडा शाखाले सूचना जारी गर्दै वित्तीय कारोबार बन्द भएको जानकारी गराएको हो ।

बैंकका शाखा प्रबन्धक घनश्याम कटुवालका अनुसार बैंकको एक जना कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको र अन्य कर्मचारीहरुमा पनि कोरोनाको लक्षण देखिएकोले केन्द्रीय कार्यालयको निर्देशनअनुसार बैंक बन्द गरिएको हो ।

कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेको हुँदा सोको परीक्षण भई नतिजा नआउन्जेलसम्मका लागि  वित्तीय कारोबार बन्द गरिएको उनले जानकारी दिए । 

बैकका कर्मचारीको पीसीआर परीक्षणको व्यवस्था गरिदिन आग्रह गर्दै गरुडा नगरपालिकालाई बैंक बन्द गरिएको सूचना दिइसकेको पनि शाखा प्रबन्धक कटुवालले बताए । बैंकको कर्मचारीमा कोरोना संक्रमण भएको र बाँकी कर्मचारीलाई पनि शंका लागेकोले पीसीआर परीक्षण गर्नुु परेको उनको भनाइ छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्