ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

३६ मेवा क्षमताको अपर बलेफी  जलविद्युतको सुरुङ खन्ने काम सम्पन्न        

२०७७ भदौ, २७  
वाग्मती प्रदेश
Image Not Found

भदौ २७, चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भइरहेको ३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ । शिवश्री हाइड्रो पावर कम्पनीद्वारा निर्माण भइरहेको आयोजनाको ४ हजार ५०० मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको आयोजनाले बताएको छ ।     
     
सो गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजीक निर्माण गरिएको बाँधको काम ८५ प्रतिशत सम्पन्न भएको छ । यस्तै वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत् गृहको कामसमेत सम्पन्न भएको छ । विभिन्न प्राकृतिक विपद् र कोभिड–१९ को महामारीका कारण निर्धारित समयभन्दा केही पछि धकेलिएको आयोजनाबाट आगामी माघसम्म विद्युत् उत्पादन गरिने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले जानकारी दिए ।     
     
लकडाउनका कारण मेसिनरी सामान राजधानी भित्रीसके पनि आयोजना स्थलमा पु¥याउन नसकिएको कम्पनीले बताएको छ । २२ किलोमिटर प्रसारण लाइनको ६० ओटा टावरमध्ये ५० ओटा टावरको फाउन्डेसन तयार भइसकेको छ । 
शुरुमा रू.६ अर्बमा निर्माण भएको आयोजनाको लागत बढेर हाल रू.७ अर्ब पुगेको बताइएको छ । रासस   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्