ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना महामारीबाट विश्वमा ९ लाख २० हजारभन्दा बढीको मृत्यु      

२०७७ भदौ, २७  
अन्तरराष्ट्रिय
Image Not Found
कोरोना संक्रमितको उपचारमा संलग्न एक जना नर्सको फाइल तस्वीर

भदौ २७, पेरिस । विश्वभरि कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ९ लाख २० हजार १४४ जनाको मृत्यु भएको छ ।     
     
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार विश्वभरि अहिलेसम्म २ करोड ८६ लाख ७९ हजार १९२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वमा कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या भने २ करोड ५ लाख ९४ हजार ८८४ पुगेको छ ।     
     
हाल विश्वमा ७१ लाख ६४ हजार १६४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेका छन् । तीमध्ये ७१ लाख ३ हजार २७४ जनाको अवस्था सामान्य रहेको छ । त्यसैगरी ६० हजार ८९० जनाको अवस्था भने गम्भीर रहेको पाइएको छ ।अनुपातमा हेर्दा कुल संक्रमितमध्ये झण्डै ९९ प्रतिशत संक्रमितको अवस्था सामान्य रहेको छ भने एक प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ ।     
     
चीनको हुपेई प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा पहिलो पटक देखिएको कोरोना भाइरस अहिले विश्वका २१५ ओटा देशमा देखिएको छ । यसको संक्रमण विश्वभरि नै फैलिएपछि अहिले महामारीको रुप लिएको छ ।     
     
कोरोना भाइरसबाट बढी प्रभावित भएका देशहरुमध्ये संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि रहेको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित १० ओटा देशको डब्लूएचओद्वारा प्रकाशित तथ्यांक यस्तो रहेको छ । अमेरिकामा ६६ लाख ३६ हजार २६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये १ लाख ९७ हजार ४२१ जनाको मृत्यु भएको छ ।     
     
दोस्रो धेरै प्रभावित भएको भारतमा ४६ लाख ६३ हजार ९३० जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् भने ७७ हजार ५३७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४२ लाख ८३ हजार ९७८ जना कोरोना भाइरसबाट संक्रमित हुँदा १ लाख ३० हजार ४७४ जनाको मृत्यु भएको तथ्यांक छ ।     
     
रुसमा १० लाख ५७ हजार ३६२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ कोरोनाकै कारण अहिलेसम्म १८ हजार ४८४ जनाको मृत्यु भएको छ । पेरुमा भने संक्रमित भएकाहरुको संख्या ७ लाख ६१ हजार ६७० रहेको छ । संक्रमित भएकाहरुको संख्या रुसको भन्दा थोरै रहे पनि मृत्यु भएकाहरुको संख्या भने रुसमा भन्दा पेरुमा धेरै रहेको छ । पेरुमा कोरोनाका कारण ३० हजार ४७० जनाको मृत्यु भएको छ ।     
     
त्यसैगरी कोलम्बिया ७ लाख २ हजार ८८, मेक्सिकोमाा ६ लाख ५८ हजार २९९, दक्षिण अफ्रिकामा ६ लाख ४६ हजार ३९८, स्पेनमा ५ लाख ७६ हजार ६९७ र अर्जेन्टिनामा ५ लाख ३५ हजार ७०५ जना संक्रमित भएका छन् । रासस/ एएफपी/ सिन्ह्वा
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्