ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

६.६ प्रतिशतले बढ्यो बेलायती अर्थतन्त्र 

२०७७ भदौ, २७  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २७, लन्डन (बेलायत) । बेलायती अर्थतन्त्र बढेको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लागू गरिएको लकडाउन खुकुलो बनाइएसँगै आर्थिक गतिविधिमा सुधार आइरहेको छ । 

शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)ले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार जुलाईमा अर्थतन्त्र ६ दशमलव ६ प्रतिशतले बढेको छ । यो अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले गरेको अनुमानकै हाराहारीमा हो । 

अप्रिलमा २० प्रतिशतले खुम्चिएको अर्थतन्त्र जुन र मेमा भने क्रमशः ८ दशमलव ७ प्रतिशत र २ दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिको वृद्धि गत वर्षको सोही अवधिको तुलनामा भने ११ दशमलव ७ प्रतिशत कम हो ।

अर्थतन्त्र क्रमिक रुपमा सुधार आइरहेको भएपनि महामारी शुरु भएदेखि गुमेको आधा जीडीपी फर्किन बाँकी रहेको ओएनएसका आर्थिक तथ्यांक निर्देशक डार्रेन मोर्गनले एक विज्ञप्तिमा भनेका छन् । 

अघिल्लो महीनाको तुलनामा जुलाईमा वृद्धिको दर सुस्ताएको भएपनि दोस्रो त्रैमासमा कीर्तिमानी संकुचन पछि तेस्रो त्रैमासमा अर्थतन्त्रमा कीर्तिमानी वृद्धि देखिने संकेत मिलेको क्यापिटल इकोनोमिक्समा बेलायती अर्थशास्त्री थोमस पगले भने । यस वर्षको दोस्रो त्रैमासमा बेलायती अर्थतन्त्र २० दशमलव ४ प्रतिशतले खुम्चिएको थियो । एजेन्सी 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्