ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट ३३६ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ५३१२० 

२०७७ भदौ, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । नेपालमा शनिवार थप १ हजार २०१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप १४ जनाको मृत्यु भएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । मन्त्रालयका अनुसार हाल होमआईसोलशनमा ६ हजार १५३ रहेका छन् । विगत २४ घण्टामा कोरोना संक्रमणबाट ८५२ जना निको भइ घर फर्किएका छन्। योसहित हालसम्म कुल निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८५२ जना डिस्चार्ज भएका छन् ।हालसम्म ३७ हजार ५२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा हाल १५ हजार २६० जनामा सक्रिय संक्रमण रहेको छ ।

प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा विगत २४ घण्टामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लामा ३७७ जना, ललितपुर जिल्लामा ३७ जना र भक्तपुर जिल्लामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विगत २४ घण्टामा काठमाडौं उपत्यकाका मात्रै पाँच जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्