ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टिकटकको अमेरिकी व्यवसाय जबर्जस्ती विक्रीको विपक्षमा चीन 

२०७७ भदौ, २७  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २७, पेचिङ (चीन) । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको अमेरिकी व्यवसाय विक्री गर्न मातृ कम्पनी बाइटडान्सलाई अमेरिकाले मध्ये सेप्टेम्बरसम्मको म्याद दिएको छ । 

व्यवसाय विक्रीका लागि बाइटडान्सले अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्ट, कम्प्युटर प्रविधि कम्पनी ओर्‍याकललगायतसँग वार्ता पनि गरिरहेको छ । तर चीन भने सो बाध्यकारी विक्रीको विपक्षमा छ । 

गत महीना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिइएको समयभित्र व्यवसाय डाइभेष्ट नभए यसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । व्यवसाय जर्बजस्ती बेच्नु भन्दा यसलाई बन्दै गर्नु वेश हुने सोच चीनको छ । 

जर्बजस्ती विक्रीले बाइटडान्स र चीन दुवै अमेरिकी दबाबको सामु कमजोर देखिने चिनियाँ अधिकारीहरुको धारणा रहेको यस मामिलाबारे जानकारहरुको भनाइ उद्धृत गर्दै रोयटर्सले समाचार छापेको छ । 

टिकटकको अमेरिकी विक्रीमा ढिलाई गर्न अगष्ट २८ मा संसोधन गरिएको प्रविधि निर्यात कानूनमा पुनः संसोधन नै गर्नु परे पनि यसो गर्न चीन तयार रहेको संकेत मिलेको छ । 

शुक्रवार नियमित पत्रकार सम्मेलनमा टिकटक र ट्रम्पबारे सोधिएको प्रश्नमा अमेरिकाले राष्ट्रिय सुरक्षासम्बन्धी अवधारणाको दुरुपयोग गरेको चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचिनले बताएका थिए । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्