ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अमेरिकाको कूटनीतिक गतिविधिमा चीनले लगायो नयाँ प्रतिबन्ध

२०७७ भदौ, २७  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २७, पेचिङ (चीन) । चीनले मुख्य भूमि चीन र हङकङमा अमेरिकाको कूटनीतिक गतिविधिमा नयाँ प्रतिबन्ध लगाएको छ । गत वर्ष अमेरिकामा चिनियाँ कूटनीतिज्ञहरुमाथि लगाएको यस्तै खालको प्रतिबन्धको प्रतिकारमा यस्तो कदम चालिएको हो । 

नयाँ नियमहरु वरिष्ठ कूटनीतिज्ञ र पेचिङस्थित अमेरिकी दूतावास र चीनभर रहेका वाणिज्य दूतावासका अन्य कर्मचारीमा लागू हुने शुक्रवार अनलाइनमा पोष्ट गरिएको एक विज्ञप्तिमा विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । 

यद्यपि, दुवै देशका सबै क्षेत्रमा सामान्य आदान प्रदान र सहकार्यलाई भने चीनले समर्थन गर्ने प्रवक्ताको भनाइ छ । अमेरिकाले गत वर्ष लगाएको यस्तै प्रतिबन्ध हटायो भने चीनले पनि प्रतिबन्ध हटाउन सक्ने बताइएको छ । नयाँ प्रतिबन्धबारे कुनै विवरण भने दिइएको छैन । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्