ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अमेरिकी बजेट घाटा ३० खर्ब डलरको कीर्तिमानी उचाईमा

२०७७ भदौ, २७  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २७, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाको बजेट घाटा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । सरकारले कोरोना भाइरसको महमारीबाट जनता र व्यवसायहरुलाई राहत दिन गरेको व्यापक खर्चका कारण घाटा बढेर ३० खर्ब डलरमा उक्लिएको हो । 

आर्थिक वर्षको पहिलो ११ महीनामा संघीय सरकारले ६० खर्ब डलर खर्च गरेको अर्थमन्त्रालयले बताएको छ । यसमा २० खर्ब डलर भने कोरोना भाइरस राहत कार्यक्रमको लागि खर्च भएको छ । 

तर सोही अवधिमा करबापत सरकारी राजस्वमा ३० खर्ब डलर मात्रै संकलन भएको थियो । घाटाको यो आकार सन् २००९ मा कायम भएको कीर्तिमानी उचाई भन्दा दोब्बर धेरै हो । 

चालू आर्थिक वर्षमा अमेरिकालाई ३३ खर्ब डलर घाटा हुने कंग्रेशको बजेट कार्यालय (सीबीओ)ले यसै महीना प्रक्षेपण गरेको छ । यो गत वर्षको तुलनामा तेब्बर भन्दा पनि धेरै हो । 

योसँगै अमेरिकाको कुल कर्जा २६० खर्ब डलर नाघ्ने अनुमान सीबीओको छ । कोरोना भाइरसको महामारीका कारण अप्रिल–जुन त्रैमासमा अमेरिकी अर्थतन्त्र वार्षिक ३० प्रतिशतभन्दा धेरैले खुम्चिएको थियो । यो अहिलेसम्मकै खराब संकुचन हो ।

अहिले करीब ३ करोड अमेरिकीहरुले बेरोजगारी भत्ता लिइरहेका छन् । यो अमेरिकाको कुल कार्यबलको करीब २० प्रतिशत हो । यसै हप्ता रिपब्लिकनहरुले ३ खर्ब डलर बराबरको थप राहत प्रस्ताव पेश गरेका थिए । तर डेमोक्रोटहरुले यो रकम निकै थोरै भएको भन्दै विरोध गरेपछि प्रस्ताव पारित हुन सकेन । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्