ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : कोरियाको हनाममा पार्क गरेर राखिएका टेस्ला इंकका सवारीसाधन

२०७७ भदौ, २७  
Slider
Image Not Found

दक्षिण कोरियाको हनाममा टेष्ट ड्राइभिङका लागि पार्क गरेर राखिएका अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकका सवारी साधनको सन् २०२० को जुलाई ६ मा खिचिएको फाइल तस्वीर । 

टेस्लाले चीनमा उत्पादन गरिएका मोडल थ्री कार निर्यात गर्ने तयारी गरिरहेको छ । साङ्हाईमा गिगाफ्याक्ट्री बनाउने बेलामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले त्यहाँ बनाइएका सवारी साधन स्थानीय माग पूर्तिको लागि मात्रै भएको र निर्यात नगर्ने बताएका थिए । 

तर अब भने कम्पनीले यूरोपेली बजारमा कार निर्यात गर्न लागेको छ । साङहाईको कारखानामा ब्राण्ड न्यू विद्युतीय कारको डिजाइन बनाउने र उत्पादन गर्ने अनि यसलाई विश्वभर वितरण गर्ने योजना कम्पनीले बनाएको छ । तस्वीरः रोयटर्स 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्