ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोदो खेती गर्न रामदेवको सल्लाह

२०७७ भदौ, २८  
१० वर्ष अघि
NA

कुनै बेला कुअन्नको रूपमा परिभाषित कोदोको खेती गर्न योगऋषि रामदेवले सल्लाह दिएका छन् । बढ्दो उमेरका केटाकेटीको हड्डी मजबुत बनाउन आवश्यक क्याल्सियम, गर्भवती महिलालाई नभई नहुने आइरन र मिनरल, मधुमेहका लागि आवश्यक फाइबरलगायत कोदोमा पाइने हुनाले यसको खेती गर्न रामदेवले सुझाव दिएको बुझ्न सकिन्छ ।

गएको हप्ता (चैत१४–१९) काठमाडौंका टुँडिखेलमा ६ दिने योग शिविर सञ्चालन गरेको पतञ्जली योगपीठ हरिद्वारका संस्थापक रामदेवले खाद्यान्नमा सबभदा बढी क्याल्सियम कोदोमा हुने बताएका थिए । औषधि पसलबाट क्याल्सियम चक्की किनेर खानुभन्दा कोदो खरिद गर्नु निकै सस्तो पर्छ । किसानले कोदोजस्तो उत्पादनको मूल्य हालकोभन्दा दुईतीन गुणा बढी पाउने हो भने यसको व्यावसायिक खेतीतर्फ उनीहरू लाग्न सक्छन् । बढी गरिबी गाउँमा छ,, त्यसलाई कम गर्न कोदो खेती पनि बलियो विकल्प हुने आशय रामदेवको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार खाद्यान्नमा सबभन्दा बढी क्याल्सियम र आइरन कोदोमै पाइन्छ । यसबाहेक मिनरल, फाइबर आदि पनि राम्रोसँग पाइने हुँदा कोदोलाई पोषिलो आहारको रूपमा लिन सकिन्छ । ग्रामीण विकट भेगका रुखासुखा जमिनमा कम महŒव दिई लगाइने कोदो कुनै निश्चित जातजातिको प्रमुख आहारका रूपमा परापूर्व कालदेखि नै रहँदै अएको छ । र, जाँडरक्सीको परिकार तयार गर्न मुख्य सामग्री पनि यही कोदो नै रहेको छ । भिरालो र कम उर्वर ठाउँमा मात्र नभएर मकैबालीको भित्रसमेत यो लगाउन सकिन्छ । तराईमा मडुवा भनेर कसैकसैले कोदो लगाउने गर्दछन् ।

वर्ष ५, अंक ३१, २०६६, चैत २३–२९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्