ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

करमा छूट दिँदै स्थानीय सरकार

२०७७ भदौ, २८  
प्रदेश ०५
NA

अर्घाखाँची । कोरोनाका कारण आर्थिक अवस्थामा मन्दी आएपछि यहाँका स्थानीय तहले विभिन्न करमा छूट गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिकाले कोरोनाका कारण व्यवसाय बन्द गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७६÷७७ अर्थात् एक वर्षको व्यवसाय करमा शतप्रतिशत मिनाहा गर्ने निर्णय गरेको छ । सबै व्यवसायीहरूको व्यवसाय कोरोनाले चौपट पारेको निष्कर्ष निकाल्दै किराना, साना होटल तथा रेस्टुराँ, कपडा पसललगायत सबैको व्यवसाय कर मिनाहा गरेको नगरपालिकाका प्रमुख रेशम थापाले बताए ।

त्यस्तै सन्धिखर्क नगरपालिकाले व्यवसाय कर, उद्योग व्यवसाय करमा १० प्रतिशत छूट दिएको सन्धिखर्क नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्ति खनालले बताए । उनका अनुसार विदेशबाट फर्किएर सन्धिखर्क नगरपालिका भित्रमा कुनै उद्योग दर्ता गर्न चाहेमा त्यस्तो व्यक्तिलाई ५० प्रतिशत छूट दिने निर्णय भएको छ ।

कोरोनाका कारण सुपा देउराली मन्दिर बन्द भएपछि उक्त स्थानमा रहेका ट्यांकीहरूलाई लकडाउन अवधिको भाडा मिनाहा गरेको छ । सटरहरूको अवस्था हेरी ५० प्रतिशत भाडा छूट गरेको सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत मञ्जु खनालले बताइन् । शान्ति बगैंचाका सटरलाई पनि सटरको प्रकृतिअनुसार लकडाउन अवधिको भाडामा ५० प्रतिशत छूट दिएको छ । यहाँका सटरले १० देखि ३० हजारसम्म मासिक भाडा तिर्दै आएका थिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्