ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘प्लाज्मा थेरापी’ पद्धतिबाट संक्रमितको उपचार गर्ने तयारी

२०७७ भदौ, २८  
गण्डकी प्रदेश
NA

कास्की (अस) । पोखरामा कोरोना संक्रमित विरामीलाई ‘प्लाज्मा थेरापी’ पद्धतिबाट उपचार गरिने भएको छ । गण्डकी प्रदेशको कोरोना डेडिकेटेड अस्पतालका रूपमा स्थापना गरिएको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि प्रभावकारी मानिएको प्लाज्मा थेरापी पद्धतिबाट उपचार गर्ने भएको हो ।

कोरोना भाइरसबाट संक्रमित भएर स्वस्थ भएका व्यक्तिको रगतबाट ‘प्लाज्मा’ छुट्ट्याई संक्रमित मानिसमा त्यो ‘प्लाज्मा इन्जेक्ट’ गरेर बिरामीको शरीरमा कोभिडविरुद्ध प्रतिरोधी क्षमता शरीरमा विकास गरी रोग निको पार्न यस पद्धतिको प्रयोग गरिँदै आएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यले कोरोना संक्रमण भएर प्रतिष्ठानमा उपचार गराइरहेका बिरामीका लागि ‘प्लाज्मा थेरापी’ पद्धतीबाट उपचार गर्नका लागि तयारी थालिएको बताए । उनले संक्रमित बिरामीलाई कोरोना संक्रमणविरुद्ध शरीरमा प्रतिरोधी क्षमताको विकास गराई छिट्टै निको पार्नका लागि ‘प्लाज्मा थेरापी’ पद्धति थालिएको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्