ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुदूरपश्चिममा विद्युत् माग ७० मेगावाट

उत्पादन ४९.५ मेगावाट मात्रै

२०७७ भदौ, २८  
सुदूरपश्चिम प्रदेश
NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशभित्र विद्युत्को माग ७० मेगावाट रहे पनि उत्पादन भने साढे ४९ मेगावाट मात्र भइरहेको छ । नेपाल सरकारले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना, दार्चुलामा अपि पावर कम्पनीले निर्माण गरेको ८ मेगावाट र अपिले नै उत्पादन गरेको १ दशमलव ५ मेगावाट र कापडीगाडबाट निजीक्षेत्रले उत्पादन गरेको ३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सुदूरपश्चिमको कुल विद्युत् उत्पादन ४९ दशमलव ५ मेगावाट पुगेको हो ।

यो राष्ट्रिय प्रसारण लाइनमा जोडिएको विद्युत् उत्पादन मात्र हो । यसबाहेक भारतको टनकपुरबाट २० मेगावाट विद्युत् नियमित रूपमा आपूर्ति हुँदै आएको छ । सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा गरी नेपाल विद्युत् प्राधिकरणले ६४ दशमलव ६९ प्रतिशत घरधुरीमा नियमित विद्युत् आपूर्ति गर्दै आएको विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरिया कैलालीका प्रमुख जगदीश जोशीले बताए ।

दार्चुला गतवर्ष नै राष्ट्रिय प्रसाारण लाइनमा जोडिसकिएको भन्दै प्रमुख जोशीले सोही समय बाजुरा पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि बाजुराको हकमा कार्यान्वयन हुन नसकेको बताए । ‘बाजुरामा विद्युत् प्राधिकरणले उत्पादन गरेको २०० किलोवाट विद्युत्् पहिला नै निजीक्षेत्रलाई २० वर्षका लागि लिजमा दिइएको रहेछ । लिजको सम्झौता अवधि सकिन अझै १० वर्ष बाँकी रहेकाले सो जिल्लामा नेपाल विद्युत्् प्राधिकरणका ग्राहक छैनन् भन्दा पनि हुन्छ,’ उनले भने । प्रदेशभित्र हाल १२ ओटा विद्युत् वितरण केन्द्रमार्फत २ लाख ५७ हजार ४५७ ग्राहकमाझ नियमित विद्युत्् आपूर्ति हुँदै आएको प्रादेशिक कार्यालय प्रमुख जोशीले जानकारी दिए ।

गत मंगलवारदेखि दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत्् आयोजनाबाट आपूर्ति हुँदै आएको विद्युत्् सेवा बन्द भएको छ । रूख ढलेर पोल तथा तारमा क्षति पुगेपछि टनकपुरबाट आउने २० मेगावाटबाट आपूर्ति गरिरहेको उनले बताए । पोल तथा तारमा क्षति पुगेपछि ३० मेगावाटको चमेलियासहित अपि र कापडीगाडबाट उत्पादित विद्युत्् आपूर्तिसमेत बन्द हुन पुगेको प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्