ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कृषिजन्य सामग्री गाउँपालिकाले खरीद गरिदिने

२०७७ भदौ, २८  
प्रदेश ०५
NA

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरीद गरी विक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरीद गरिदिने भएको हो । गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री संकलन गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । महिला समूहले बनाएका मासको दाल र सेतो कर्कलोबाट निर्माण गरिएको मस्यौरा प्रतिकिलो रू. ३८० मा खरीद गरिदिने भएको छ ।

मूलाको सिन्की (गुन्द्रुक) प्रतिकिलो रू. ४००, मूला सुकाएको चाना प्रतिकिलो रू. ६०, बेसार सुकाएको चाना प्रतिकिलो रू. २८५, कोदो प्रतिकेजी रू. ३७ मा खरीद गरिदिने गाउँपालिकाले बताएको छ । त्यस्तै बोडी प्रतिकिलो रू. १५०, ग्रेडिङ गरेको मकै रू. ४०, खैरो भटमास र सेतो भटमासका लागि रू. ७०÷७० तथा खैरो गहतका लागि रू. ९० गाउँपालिकाले मूल्य तोकेको छ । संकलन गरिएका सामग्री सम्झौता गरेको संस्थाले बुटवल लैजाने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए । रासस

प्रतिक्रिया [1]
User Image

sUSHIL

[Sep 13, 2020 02:16am]

I HEARTILY SALUTE TO THOSE MUNICIPALITY WHO HAD DONE GOOD WORK.LET ENCOURAGE THEM COPY SAME AS ITIS USE IN OTHER MUNICIPALITY TOO. WELL DONE


प्रतिक्रिया दिनुहोस्